बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा. यादव ‘अपहरण’को घटनामा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

डा. यादव ‘अपहरण’को घटनामा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

राज्य संयन्त्रको दुरुपयोग गर्दै डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याइएकोप्रति आपत्ति जनाउँदै नेपाल चिकित्सक संघले सम्बन्धित पक्षलाई कारबाहीको माग गरेको छ ।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

राज्य संयन्त्रको दुरुपयोग गर्दै डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याइएकोप्रति आपत्ति जनाउँदै नेपाल चिकित्सक संघले सम्बन्धित पक्षलाई कारबाहीको माग गरेको छ ।

नेपाल चिकित्सक संघका आजीवन सदस्यसमेत रहेका डा. यादवलाई लकडाउनको समयमा प्रदेश २ बाट अपहरणको शैलीमा काठमाडौं ल्याउनु अत्यन्त दुखद् र निन्दनीय भएको चिकित्सक संघको ठहर छ ।

डा. यादव कोभिड–१९ रोकथामको लागि प्रदेश २ को उच्चस्तरीय स्वास्थ्य सल्लाहकार समितिमा रही काम गरिरहेको अवस्थामा निवासबाटै अपहरण शैलीमा काठमाडौं ल्याइएको संघले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो प्रकारको घटनामा संलग्नमाथि अविलम्ब छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्दै कानुनबमोजिम कारबाही गर्न चिकित्सक संघले माग गरेको छ ।

प्रकाशित: Apr 27, 2020| 09:50 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।