बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कोरोनाबाट ८ सय ८५ जनाको मृत्यु, कुन प्रदेशमा कतिको ज्यान गयो ?

भारतमा कोरोनाबाट ८ सय ८५ जनाको मृत्यु, कुन प्रदेशमा कतिको ज्यान गयो ?

पछिल्लो एक सातामा मात्रै ३ सय २१ जनाको मृत्यु भएको छ ।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

काठमाडौं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा ८ सय ८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २७ हजार ८ सय ९० पुगेको छ ।

पछिल्लो एक सातामा मात्रै ३ सय २१ जनाको मृत्यु भएको छ । आइतबार एकै दिनमा ५८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । शनिबार ४५, शुक्रबार ५७, बिहीबार ४०, बुधबार ३५, मंगलबार ५३ र सोमबार ३३ जनाको मृत्यु भएको छ ।

दैनिक भास्करले उल्लेख गरेअनुसार कोरोनाबाट आइतबार महाराष्ट्रमा मात्रै १९ जनाको मृत्यु भएको छ भने गुजरातमा १८ जनाले ज्यान गुमाएका छन् ।

भारतमा कोरोनाबाट ज्यान गुमाएकामध्ये सबैभन्दा धेरै महाराष्ट्रमा रहेका छन् । जहाँ ३४२ जनाको मृत्यु भएको छ । महाराष्ट्रको मुम्वईमा मात्रै २०४ जनाको मृत्यु भएको छ ।

यस्तै गुजरातमा १५५, मध्यप्रदेशमा १०३, दिल्लीमा ५४, राजस्थानमा ४१, आन्ध्र प्रदेशमा ३१, उत्तर प्रदेशमा ३०, तेलंगानामा २६, तमिलनाडुमा २४ जनाको मृत्यु भएको छ ।

पश्चिम बंगाल २०, कर्नाटक १९, पंजाव १८, जम्मू कास्मिर ७, हरियाणा ५, केरला ३, झारखण्ड ३, बिहार २, हिमाञ्चल २, आसाम १, मेघालय १, ओडिसा १ र पुडुचेरी १ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रकाशित: Apr 27, 2020| 08:06 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।