बिहीबार, भदौ ४, २०८३

कोरोनाको कहरमा असिना पनि थपियो

जनकपुरधाम– वर्षासँगै खसेको असिनाका कारण धनुषाको बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकामा प्रभावित परिवार किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

जनकपुरधाम– वर्षासँगै खसेको असिनाका कारण धनुषाको बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकामा प्रभावित परिवार किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।

वर्षासँगै खसेको ठूलो आकारको असिनाका कारण बालीनालीका साथै घरहरुमा समेत क्षति पुगेको भन्दै प्रभावितहरुलाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस र नेकपाले प्रदेश सरकारसँग माग गरेका हुन् ।

गत शुक्रबार असिना खसेपछि बटेश्वर गाउँपालिकाको वडा नम्बर १ र ३ तथा मिथिला नगरपालिकाको वडा नम्बर १, २ र ८ मा दुई सयभन्दा बढी घरहरुमा क्षति पुगेको छ ।

असिनाका कारण एल्भेस्टरले छाएका घरहरुको छाना पूर्णरुपले टुटेको छ भने किसानहरुले खेतमा लगाएका बालीनालीहरु समेत नष्ट भएको छ । घरको छाना फुटेपछि पानीमै बस्नुपर्ने बाध्यता भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेन्द्र यादवले असिनाका कारण प्रभावित व्यक्तिहरुलाई जस्ता उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् । घरको छानामा रहेका एल्भेस्टर असिनाले तोडिदिएपछि सर्वसाधारणहरु समस्यामा रहेकोले तत्काल जस्ताको पाता उपलब्ध गराउन आफूले मुख्यमन्त्री लालबाबु राउतसँग माग गरेको यादवले बताए ।

यसैगरी किसानहरुको बालीनाली नष्ट भएको भन्दै यादवले उनीहरुलाई समेत राहत उपलब्ध गराउन राउतको ध्यानाकर्षण गराएका छन् ।

यसैगरी नेकपाका प्रदेशसभा सदस्य शत्रुध्न महतोले पनि प्रभावितहरुलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् । असिनाले घरको छाना फुटिसकेकोले घरमा बस्न समस्या भइरहेको भन्दै उनले प्रदेश सरकारले तत्काल जस्तापाता उपलब्ध गराउनुपर्ने बताए ।

बालीनाली नष्ट भएका किसानहरुलाई राहतका साथै सरकारले आर्थिक साहयता उपलब्ध गराउनुपर्ने महतोले बताएका छन् । असिना खसेपछि खेतको बालीनाली नष्ट हुनुका साथै आँप खेतीपनि प्रभावित भएको उनको भनाइ छ ।

 

प्रकाशित: Apr 27, 2020| 07:54 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।