पोखरा- गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकमध्ये थप दुई कोरियन पर्यटकको शव फेला पारेको छ ।
साढे ३ महिनापछि आइतबार नेपाली सेनाको टोलीले थप दुई जनाको शव फेला पारेर नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
हिमपहिरोमा परी बेपत्ता भएकामध्ये दुई नेपाली गाइडको शव पहिल्यै फेला परिसकेको र आइतबार थप दुई कोरियन पर्यटकको शव पोखरास्थित नेपाली सेनाको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको खोज तथा उद्धार टोलीले फेला पारी प्रहरीलाई जिम्मा लगाएको हो ।
उक्त शव परीक्षणको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको सेनाले जनाएको छ ।
खोजीमा खटिएको नेपाली सेनाको टोलीले हराईरहेका बाँकी एक नेपाली र दुई कोरियनहरुको शव हिँउभित्र पुरिएको सम्भावित स्थानमा खोजी कार्य जारी राखेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।