बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना जोखिम सामना गर्ने रणनीति निर्माणमा सरकार असफल : कांग्रेस

कोरोना जोखिम सामना गर्ने रणनीति निर्माणमा सरकार असफल : कांग्रेस

नेपाली कांग्रेसले कोरोनाको जोखिम सामना गर्ने रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य ठहरीएको बताएको छ।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

काठमाडौं - नेपाली कांग्रेसले कोरोनाको जोखिम सामना गर्ने रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य ठहरीएको बताएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निमन्त्रणामा आज पार्टी पदाधिकारी, पूर्व स्वास्थ मन्त्रीहरु एवं स्वास्थ्य क्षेत्रका बिज्ञहरु बीच भएको छलफलमा लकडाउनले कोरोनासँग जुध्न वातावरण निर्माण गरेपनि सरकार अन्य रणनीति निर्माण र कार्यान्वयनमा अयोग्य र सुस्त देखिएको ठहर गरिएको छ। कांग्रेसले सरकारलाई जोखिम न्यूनिकरणका लागि गति बढाउन पनि आग्रह गरेको छ।

यस्तै बैठकले र्‍यापिड टेस्टको विश्वसनीयतामा विश्वब्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनु पर्ने र पिसिआरकै क्षमता र दायरा बढाइनु पर्ने निष्कर्ष निकालेको छ। स्वास्थ्यकर्मीमाथि हतोत्साहित गर्ने गरि भइरहेका विभिन्न क्रियाकलाप रोक्न तथा स्वास्थ्यकर्मीलाई अत्यावश्यक पीपीई लगायतका सामग्री तत्काल आपूर्ति गरि कोरोनाविरुद्धको संघर्षलाई प्रभावकारी तुल्याउन पनि कांग्रेसले माग गरेको छ।

बैठकले अस्पतालहरुको हालको क्षमताको अधिकतम उपयोग गर्दै जनशक्ति र उपकरणहरुको वृद्धि गरि गति बढाउन जरुरी रहेको तथा अन्य रोगका बिरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गरेर सहज वातावरण निर्माण गर्न पनि सरकारसमक्ष माग गरेको छ।

 

प्रकाशित: Apr 26, 2020| 19:41 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।