सरकारले जारी लकडाउन २५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेको छ।
आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय १० दिन थप्ने निर्णय गरेको हो। पूर्वघोषित लकडाउन भोलि सकिँदै थियो।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना भाइरससम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको भन्दै थप गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
कोरोना भाइरस नियन्त्रण गर्न भन्दै गएको चैत ११ गतेदेखि देशभर लकडाउन लागू गरिएको छ।