बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थप एकजनालाई कोरोना पुष्टि, संक्रमितको संख्या ५२ पुग्याे

थप एकजनालाई कोरोना पुष्टि, संक्रमितको संख्या ५२ पुग्याे

झापाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

काठमाडौं- झापाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार ती व्यक्तिको काेसी अस्पताल विराटनगरमा भएको परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। उनी ५० वर्षीय पुरुष हुन्।

अस्पतालको सम्पर्कमा रहेका ती व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको अधिकारीले बताए। योसहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५२ पुगेको छ। १६ जना भने उपचारपछि घर फर्किएका छन्।

३५ जना संक्रमितमध्ये ३० जनाकाे विराटनगरमा, ३ जनाकाे वीरगन्जमा, एकजनाकाे भरतपुरमा र एकजनाकाे धनगढीमा उपचार भइरहेकाे छ। उपचार गराइरहेका सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ।

प्रकाशित: Apr 26, 2020| 19:05 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।