बिहीबार, भदौ ४, २०८३

काेराेना : दक्षिण एसियामा नेपालको अवस्था सामान्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दक्षिण एसियामा नेपालको अवस्था सामान्य रहेको बताएका छन्।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दक्षिण एसियामा नेपालको अवस्था सामान्य रहेको बताएका छन्।

दक्षिण एसियाका देशमध्य सबैभन्दा कम संक्रमित देश भुटानमा जम्मा ७ जना र त्यसपछि कम संक्रमित हुने दोस्रो स्थानमा नेपालमा ५१ जना संक्रमित रहेका छन्।

साथै कुनै संक्रमितको पनि मृत्यु नभएको प्रवक्ता देवकोटाले जानकारी दिए। नेपालमा हाल संक्रमितमध्ये १६ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ३५ जना संक्रमितहरु विभिन्न अस्पतालमा सामान्य अवस्थामा उपचाररत छन्।

त्यस्तै परीक्षणको दायरा पनि तेस्रो स्थानमा रहेको प्रवक्ता देवकोले जानकारी दिए। संक्रमितको तुलनामा भुटान र माल्दिभसपछि नेपालको परीक्षणको दायरा बढी रहेको उनले बताए।

५१ हजारको कोरोना परिक्षण

नेपालमा अहिलेसम्म ५१ हजार ३ सय ६७ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरी दुवै विधिबाट परीक्षण गरिँदै आएको छ। पीसीआरबाट ९ हजार ९ सय ३१ र आरडीटीबाट ४१ हजार ४ सय ३६ को परीक्षण गरिएको छ।

र्‍यापिड टेस्टमार्फत् प्रदेश १ मा ४ हजार ३ सय ८, प्रदेश २ मा ५ हजार १ सय ४१, बागमती प्रदेशमा ७ हजार ५ सय ९१, गण्डकी प्रदेशमा ४ हजार ९ सय २४, प्रदेश ५ मा ३ हजार ३ सय २६, कर्णाली प्रदेशमा ४ हजार ९ सय ७४ र सुदूरपश्चिममा ११ हजार १ सय ७२ परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

अहिलेसम्म आइसोलेसनमा १ सय १० रहेका छन्। मोबाइल एपमा स्वपरीक्षण गरिएकामध्ये अहिलेसम्म २९६ जना ‘रेड जोन’ मा रहेका छन्। हालसम्म नेपालमा ५१ जना संक्रमित भएकोमा १६ जना निको भएर घर फर्किएका छन्।

त्यस्तै प्रदेश २ का ८ जिल्लामा १५ सय भन्दा बढीको स्वाब परीक्षण गर्ने लक्ष लिएको मन्त्रालयले हालसम्म १ हजार २७ जनाको नमुना संकलन गरी परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए।

प्रवक्ता देवकोटाले हाल उपचाररत ३५ जनाको अवस्था सामान्य रहेको जानकारी दिए।

प्रकाशित: Apr 26, 2020| 17:33 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।