बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीले दर्ता गरेन पूर्व आईजीपीलगायत विरुद्ध 'सांसद अपहरण' को जाहेरी

प्रहरीले दर्ता गरेन पूर्व आईजीपीलगायत विरुद्ध 'सांसद अपहरण' को जाहेरी

जनता समाजवादी पार्टीका नेता एवम् सांसद सुरेन्द्र यादवले आफ्नो 'अपहरण' विरुद्ध महानागरीय प्रहरी परिसर, टेकुमा दिएको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

काठमाडौं- जनता समाजवादी पार्टीका नेता एवम् सांसद सुरेन्द्र यादवले आफ्नो 'अपहरण' विरुद्ध महानागरीय प्रहरी परिसर, टेकुमा दिएको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ।

नवगठित जनता समाजवादी पार्टीका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरत सिंह भण्डारी र अधिवक्ता सुरेन्द्र महतो लगायतका नेतासहित परिसर पुगेका सांसद सुरेन्द्र यादवले पूर्व आईजीपी सर्वेन्द्र खनाल, एमाले नेता महेश बस्नेत र किसान श्रेष्ठले आफूलाई महत्तोरीबाट अपहरण गरी काठमाडौं ल्याएको आरोप लगाउँदै जाहेरी दिएका थिए।

टेकु प्रहरी परिसरले उक्त जाहेरी दर्ता गर्न नमानेको यादवले जानकारी दिए ।  उनले भने, 'सरकार आफै अपहरणमा सामेल भएको घटना हो यो । प्रहरीले आफूलाई वाध्यता भएकोले दर्ता गर्न नसकेको जनाएको छ।'

समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले अपहरणको मुद्धामा सरकार नै वादी हुने भएकाले सरकार नै यो प्रकरणमा छानविनका लागि अघि सर्नु पर्नेमा त्यसो नभएको बताए । उनले भने, 'त्यसो नभएपछि हामी जाहेरी दर्ता गराउन आयौं । तर, अहिले देशमा ओलीतन्त्र छ, त्यसकारण प्रहरीलाई पनि केही वाध्यता छ। त्यही कारण प्रहरी आफैं पनि कानून पालना गराउन सकिरहेको छैन । हामीलाई उहाँहरुले आफ्नो वाध्यता बुझाउनु भएको छ। अब हामी अर्को प्रक्रियाबाट जान्छौं।'

प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले थप कानुनी परामर्श गर्नुपर्ने भएकाले जाहेरी दर्ता नगरिएको बताए।  उनले भने, 'हामीले सरकारी वकिलसँग पनि परामर्श गर्नुपर्ने छ। त्यसमाथि जाहेरी पनि महोत्तरी प्रहरीलाई सम्वोधन गरेर परेकाले प्रक्रिया मिलेको थिएन।'

गत बुधबार समाजवादी पार्टी टुक्राउनका लागि सांसद सुरेन्द्र यादवलाई प्रधानमन्त्रीको निर्देशनमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, एमाले नेता महेश बस्नेत, किसान श्रेष्ठ लगायतले महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको उनीहरुको आरोप छ।

यादवलाई महत्तोरीबाट काठमाडौं ल्याएर होटेल मेरियटमा राखिएको र अर्को दिन विहान उनी त्यहाँबाट फुत्किन सफल भएको यादवले बताएका छन्।

यसअघि ८ बैशाखमा सरकारले राजनीतिक दल गठन सम्बन्धी अध्यादेश ल्याएको थियो।

अध्यादेशका कारण नेकपाभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीको तिब्र आलोचना भएपछि अध्यादेश फिर्ता गरिएको छ।

अध्यादेश सिफारिस गरेकै दिन साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश नेकपा फुटाउन नभई अन्य कुनै राजनीतिक दल फुटाउनका लागि ल्याइएको प्रष्टिकरण दिएका थिए।

दल फुट्ने हल्लाले समाजवादी पार्टी र राजपाबीच रातारात पार्टी एकता भएर जनता समाजवादी पार्टी गठन भएको छ।

 

 

प्रकाशित: Apr 26, 2020| 17:15 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।