सत्तारुढ दल नेकपाका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माको पहलमा रुकुममा १० दिनमा अस्पताल तयार भएको छ।
रुकुमका सांसदसमेत रहेका शर्माले तयार भएको अस्पतालको तस्बिर ट्विटरमा सेयर गर्दै पार्टी, नगरपालिका र जनतालाई धन्यवाद दिएका छन्।
'हामी पनि सक्छौँ र सक्नुपर्छ। कोरोना महामारीको नियन्त्रणको लागि आठबिसकोट नगरपालिका रुकुममा सबै सुविधासहितको ८ कोठाको आइसोलेसन भवन १० दिनमा बनिसकेको छ। यो काम श्रम सहकारीद्वारा गरिएको हो। जनता नै शक्तिका श्रोत हुन्। सबै कुरा जनताबाट सिकौं।पार्टी, जनता र नगरपालिका सबैलाई बधाई,' उनले भनेका छन्।
