बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वसचिव भीम उपाध्यायविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

पूर्वसचिव भीम उपाध्यायविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

पूर्वसचिव भीम उपाध्यायविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

काठमाडौं- पूर्वसचिव भीम उपाध्यायविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइवर व्यूरोले विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरेको हो।

जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्द श्रेष्ठले आइतबार ढिलो गरी अदालतमा ल्याएकाले उपाध्यायको बयान र थुनछेक बहस भोलि (सोमबार) हुने जानकारी दिए।

प्रधानमन्त्रीलगायत केही सस्थाविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गरेको गरेको भन्दै व्यूरोले उपाध्यायलाई गत बुधबार ललितपुर कुसुन्तीस्थित निवासबाटै पक्राउ गरेको थियो।

उपाध्याय पछिल्लो समय सामाजिक सञ्जालमा प्रधानमन्त्री केपीशर्मा ओलीसहित सरकारका विरुद्ध खरो आलोचना गर्दै आएका थिए।

सरकारका गलत क्रियाकलापको विरोध गर्दै आएका उपाध्यायले विदेशमा रहेका नेपाली राजदूतावासको औचित्य, राजदूतको भूमिकालगायतका बारेमा पनि प्रश्न उठाएका थिए।

नेपाली कांग्रेसलगायत राजनीतिक दल, अन्य संघ सस्था र मानवअधिकारकर्मीहरुले उपाध्यायलाई विनासर्त रिहा गर्नुपर्ने माग गर्दै आएका छन्।

प्रकाशित: Apr 26, 2020| 16:08 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।