काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउन पालना गराउन नेपाल प्रहरीले भिडियो सन्देश जारी गरेको छ।
कोरोना भाइरसको विश्वव्यापी महामारीलाई जित्न लकडाउन नै अहिलेको प्रमुख विकल्प भएको र त्यसको पालना गर्नुपर्ने सन्देश दिन प्रहरीले भिडियो सन्देश तयार पारेको हो।
नेपाल प्रहरीले बिसी मोशन पिक्चर्ससँगको सहकार्यमा सो भिडियो निर्माण गरेको हो।
भिडियोमा कोरोना महामारीको सम्भावित जोखिम न्यूनिकरणका लागि अवलम्बन गरेका योजना तथा महामारी फैलिएको खण्डमा कसरी कम जोखिम गर्ने भन्नेसम्मको सन्देश दिइएको छ।
नेपाल प्रहरीले कोरोना भाइरसको कुनै उपचार नभएको र यसको प्रकोप नियन्त्रणका लागि कुनै भ्याक्सिन नबनिसकेको भन्दै सामाजिक दूरी कायम गरे संक्रमणको जोखिम कम गर्न सकिने सन्देश भिडियो मार्फत् दिएको छ।