बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना : विश्वभर २ लाख ३ हजारको मृत्यु, अमेरिकामा मृतकको संख्या ५४,२६५

कोरोना : विश्वभर २ लाख ३ हजारको मृत्यु, अमेरिकामा मृतकको संख्या ५४,२६५

कोरोना भाइरसबाट विश्वभर दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने २९ लाख २३ हजार व्यक्ति संक्रमित भएका छन्।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

जेनेभा – महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने २९ लाख २३ हजार व्यक्ति संक्रमित भएका छन्।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार आइतबार मध्यान्हसम्ममा संयुक्त राज्य अमेरिकामा २४ घण्टा अवधिमा २ हजारभन्दा बढीको मृत्यु भएको छ। यो सहित अमेरिकामा सबैभन्दा बढी ५४ हजार २६५ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकमा मृतकको संख्या १ लाख २० हजार १३८ जना पुगेको छ।

युरोपेली मुलुकमध्ये इटालीमा २६ हजार ३६४ जना, स्पेनमा २२ हजार ९०२ जना, फ्रान्समा २२ हजार ६१४, बेलायतमा २० हजार ३१९ जना र बेल्जियममा ६ हजार ९१७ जनाको मृत्यु भएको छ। यस्तै जर्मनीमा ५ हजार ८७७ जना, नेदरल्यान्ड्समा ४ हजार ४०९ जना, स्विडेनमा २ हजार १९२ जना, स्विट्जरल्यान्डमा १ हजार ५९९ जना, आयरल्यान्डमा १ हजार ६३, पोर्चुगलमा ८८० जना तथा रसियामा ६८१ जनाको मृत्यु भएको छ।

यसैगरी, इरानमा ५ हजार ६५० जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ४ हजार ५७ जना, टर्कीमा २ हजार ७०६ जना, क्यानाडामा २ हजार ४६५ जना, मेक्सिकोमा १ हजार ३०५ जना, इन्डोनेसियामा ७२० जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ।

दक्षिण एसियाली मुलुकहरु भारतमा ८२५, पाकिस्तानमा २६९, बंगलादेशमा १४०, अफगानिस्तानमा ४७ र श्रीलंकामा ७ जनाको मृत्यु भएको छ।

प्रकाशित: Apr 26, 2020| 14:53 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।