बिहीबार, भदौ ४, २०८३

कोरोनासँग लड्न कर्णालीमा ‘संयुुक्त फोर्स’

यो निर्णयसँगै कर्णालीका ७९ वटा स्थानीय तहमा संयुक्त फोर्स गठन हुने भएका छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयम्सेवक सम्मिलित संयुक्त फोर्स स्थानीय तहका प्रमुखको अध्यक्षतामा गठन हुनेछ ।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

सुर्खेत– कोरोना भाइरससँग लड्न कर्णाली प्रदेशमा संयुक्त फोर्स (स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकहरुको एकीकृत प्रतिकार्य समूह) गठन गरिने भएको छ । कर्णाली प्रदेश विपद व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यो निर्णयसँगै कर्णालीका ७९ वटा स्थानीय तहमा संयुक्त फोर्स गठन हुने भएका छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयम्सेवक सम्मिलित संयुक्त फोर्स स्थानीय तहका प्रमुखको अध्यक्षतामा गठन हुनेछ ।

फोर्सले संक्रमित भेटिएको खण्डमा अस्पतालसम्म पुर्याउनेदेखि मृत्यु भएको खण्डमा शव व्यवस्थापनसम्मको समन्वय गर्ने छ । त्यस्तै कोरोनाको प्रतिकार्यका लागि पालिका स्तरमा स्वास्थ्य परीक्षण र क्वारेन्टाइनको व्यवस्थापनमा समेत सघाउने छ ।

यस्तै विपद व्यवस्थापन समितिले कामको सिलसिलामा कर्णाली प्रदेशमा अस्थायी वसोवास गरिरहेका, लकडाउनको कारण समस्यामा परेका र आफ्नो घर फर्कन चाहने विद्यार्थी, मजदुर लगायतका नागरिकलाई सम्बन्धित प्रदेश, जिल्ला, सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा घर फर्कन दिने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना परीक्षणका लागि आवश्यक पर्ने आरडीटी परीक्षणका लागि किट लगायतका सामग्रीको तत्काल आपूर्ति गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिए ।

संघीय सरकारवाट प्राप्त हुन सक्ने अवस्था भएमा तत्काल माग गर्न र आपूर्ति हुन नसक्ने अवस्थामा खरिद गरेर भएपनि परीक्षणको दायरा बढाउनुपर्ने बताए । त्यस्तै लकडाउनले समस्यामा परेका कारण उद्धार गरिएका मजदुर तथा विद्यार्थीहरुवाट सम्भावित संक्रमणको जोखिम कम गर्न कोरोना परीक्षणलाई तिव्रता दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रवविक्रम बुढाथोकीले जानकारी दिए ।

प्रमाणपत्र भए पुनः क्वारेन्टाइनमा बस्न नपर्ने

नेपालको पूर्वी तराई र भारतबाट प्रदेशमा आउने नागरिकहरु पहिले क्वारेन्टाइनमा बसेको प्रमाणपत्र सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्ने छ ।

अन्य जिल्लाका क्वारेन्टाइनमा बसी सुरक्षित तवरले (अन्य व्यक्तिहरूको सम्पर्कमा नआई) प्रदेशभित्र प्रवेश गरेका सम्बन्धित क्वारेन्टाइनमा बसेको प्रमाणका आधारका आधारमा मात्रै प्रदेश सरकारले जिल्ला र पालिकाहरूमा समन्वय गरी पठाउने छ ।

यदि पहिले क्वारेन्टाइनमा बसेको भए पनि प्रमाणपत्र नभएको खण्डमा भने पुनः क्वारेन्टाइनमा बस्नुपर्ने छ । प्रमाणपत्र नभएको खण्डमा भने त्यस्ता नागरिकहरूलाई सम्बन्धित जिल्ला र पालिकाहरूले अनिवार्य रूपमा क्वारेन्टाईनमा बस्नुपर्ने समितिले निर्णय गरेको छ ।

प्रकाशित: Apr 26, 2020| 14:20 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।