बिहीबार, भदौ ४, २०८३

मन्त्रिपरिषद् बैठक साँझ ५ बजे

भोलि (सोमबार) देखि सकिन लागेको बन्दाबन्दी (लकडाउन) लगायत एजेन्डामा छलफल गर्न आज दिउँसो २ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक साँझ ५ बजेका लागि सरेको छ।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

काठमाडाैं- भोलि (सोमबार) देखि सकिन लागेको बन्दाबन्दी (लकडाउन) लगायत एजेन्डामा छलफल गर्न आज दिउँसो २ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक साँझ ५ बजेका लागि सरेको छ।

प्रधानमन्त्री केपी ओलीले ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस उच्चस्तरीय समितिसँग छलफल गर्न चाहेकाले बैठक पाँच बजेका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए।

लकडाउनकै कारण नेपालमा कोरोना संक्रमण नफैलिएको निष्कर्ष निकाल्दै सरकारले अझै १५ दिन लकडाउन थप्ने तयारी गरेको छ। आजको मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिनेछ। वैशाख ३१ गतेसम्म लकडाउन थप्ने तयारी भएको एक मन्त्रीले जानकारी दिएका छन्।

यसअघि बिहीबारको मन्त्रिपरिषद्को बैठकमा कम्तीमा ७ दिन लकडाउन थप्ने विषयमा छलफल भएको थियो। बैठकमा भौगोलिक रुपमा बढी प्रभावित क्षेत्रमा मात्रै लकडाउन कायम राखेर अन्य ठाउँमा खोल्ने कि भन्ने विषयमा पनि छलफल भएको थियो।

नेपालमा कोरोना तीव्र गतिमा फैलिए त्यसको सामना गर्न सक्ने अवस्था नभएको भन्दै लकडाउन थप्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो।

आजमात्रै वीरगञ्जमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोेना संक्रमितको संख्या ५१ पुगेको छ।

सरकारले चैत ११ गतेबाट एक साताका लागि लकडाउनको घोषणा गरेको थियो। चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत २५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो।

चैत २४ गते मन्त्रिपरिषद् बैठकले पुनः आठ दिन थपेर वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याइएको थियो। पछिल्लोपटक १२ दिन थपेर वैशाख १५ गतेसम्म लकडाउन बढाइएको थियो।

प्रकाशित: Apr 26, 2020| 13:56 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।