काठमाडौं- जनता समाजवादी पार्टीका नेताहरुले सांसद सुरेन्द्र यादवको 'अपहरण'विरुद्ध काठमाडौं प्रहरीमा उजुरी दिने तयारी गरेका छन्।
समाजवादीका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महतो लगायतका नेताहरु जाहेरी दर्ता गराउन महानगरीय प्रहरी परिसर टेकु जान लागेको अर्का नेता केशव झाले जानकारी दिए।
गत बुधबार समाजवादी पार्टी टुक्राउनका लागि सांसद सुरेन्द्र यादवलाई प्रधानमन्त्रीको निर्देशनमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, एमाले नेता महेश बस्नेतलगायतले महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको उनीहरुको आरोप छ।