बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरगन्जमा थप दुईमा कोरोना, चारजना आज डिस्चार्ज हुँदै

वीरगन्जमा थप दुईमा कोरोना, चारजना आज डिस्चार्ज हुँदै

वीरगन्जमा थप दुईजनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

जनकपुरधाम- वीरगन्जमा थप दुईजनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार दुवै जना यसअघि संक्रमण पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीको सम्पर्कमा रहेका व्यक्ति हुन्। 

संक्रमित दुई जना महानगर कार्यालयका सफाइ कर्मचारी वीरगन्ज–३ छपकैया बस्ने ४९ वर्षीय पुरुष र वीरगन्ज–२ बस्ने ५५ वर्षीय पुरुष रहेकाे बस्नेतले बताए। उनका अनुसार दुवैजनालाई उपचारका लागि वीरगन्ज अस्पतालमा भर्ना गरिएको छ। 

चारजना संक्रमित नाेकाे भए

यसअघि वीरगन्जमा भर्ना भएका चारजना कोरोना संक्रमित डिस्चार्ज हुने भएका छन्। कोरोना पुष्टि भएका चारैजना निको भएपछि आजै डिस्चार्ज गर्न लागिएको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जले जनाएको छ।

डिस्चार्ज हुन लागेकामा तीनजना भारतीय र एक नेपाली रहेको अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए। दुईपटक लगातार गरिएको पीसीआर जाँचमा निगेटिभ नतिजा आएपछि उनीहरुलाई डिस्चार्ज गर्न लागिएको हो।

केही दिनअघि वीरगन्जका तीन र रौतहटको एकजना कोरोना संक्रमित पाइएपछि उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो।

प्रकाशित: Apr 26, 2020| 13:05 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।