बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय आविष्कार केन्द्रले बनाएको पहिलो रोबोट नेपाली सेनालाई

राष्ट्रिय आविष्कार केन्द्रले बनाएको पहिलो रोबोट नेपाली सेनालाई

काठमाडौं– कोरोना भाइरस संक्रमितको उपचारमा सहयोगका लाग राष्ट्रिय आविष्कार केन्द्रले बनाएको पहिलो रोबोट नेपाली सेनालाई हस्तान्तरण गर्ने भएको छ।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमितको उपचारमा सहयोगका लागि राष्ट्रिय आविष्कार केन्द्रले बनाएको पहिलो रोबोट नेपाली सेनालाई हस्तान्तरण गर्ने भएको छ।

कोरोनाका बिरामीहरुलाई खाना, औषधिलगायतका सामग्री पुर्याउन मद्दत गर्ने उक्त रोबोट नेपाली सेनाको कोरोना अस्पताललाई हस्तान्तरण गरिने केन्द्रका सस्थापक महाविर पुनले जानकारी दिए।

यस्तो रोबोट नेपालकै पहिलो भएको दाबी गर्दै पुनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘यसो हेर्दा यो रोबोट जस्तो देखिँदैन तर काम भने राम्रोसँग गर्छ,‘यो रोबोट आज नेपाली सेनाको कोरोना अस्पतालमा जान्छ।’

रोबोटको विकास गर्न आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुलाई ११ दिन जति लागेको उलेख गर्दै पुनले यसमा प्रयोग भएको ट्रली नेपाली सेनाले नै दिएको बताएका छन्।

अन्य पार्टपुर्जाहरुको मात्र मोटामोटी खर्च ७५ हजार रुपैयाँ जति लागेको उनले उल्लेख गरेका छन्। पुनका अनुसार रोबोटले आवश्यक चिज बिरामीसम्म पुर्याउने भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मी र बिरामीबीच प्रत्यक्ष सम्पर्कमा आउनु पर्दैन। त्यसैले यो रोबोट प्रयोग गर्यो भने बिरामीको सेवा गर्ने नर्सहरु सुरक्षित हुने पुनको दाबी छ।

यस्तै रोबोटको माग वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट पनि आएको उल्लेख गर्दै पुनले अरु रोबोट निर्माणको तयारी पनि भैरहेको जनाएका छन्।

रोबोट निर्माण गर्दै गरेको भीडियो

प्रकाशित: Apr 26, 2020| 12:27 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।