बिहीबार, भदौ ४, २०८३

मृगको मासु र भरुवा बन्दुकसहित दुई पक्राउ

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका दुई जनालाई प्रहरीले मृगको मासुसहित पक्राउ गरेको छ।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

मेलम्ची- सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका दुई जनालाई प्रहरीले मृगको मासुसहित पक्राउ गरेको छ। सोही पालिका वडा नं २ का उनीहरुलाई बाह्रबिसे इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार ३९ वर्षीय हीराबहादुर गुरुङ र ३४ वर्षीय टपीन्द्रबहादुर गुरुङलाई घरेलु हतियारसहित पक्राउ गरिएको हो।

जंगली जनावर मारेको भनी जानकारी प्राप्त हुनासाथ सो इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट गएको प्रहरी टोलीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जनाकारी दिए।

उनका अनुसार खानतलासी गर्दा टपीन्द्रको भान्साघरमा मृगको मासु पेरुंगो र बाटामा राखिएको अवस्थामा फेला पारिएको हो । त्यसैगरी गुरुङको घरको पूजाघरमा दुई नाल भरुवा बन्दुकसमेत फेला परेको प्रहरीले जनाएको छ।

उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब निरीक्षक काफ्लेले जानकारी दिए। -रासस

प्रकाशित: Apr 26, 2020| 11:28 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।