बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • परदेशमा रहेका २२ सय ३८ नेपाली कोरोना संक्रमित, ४८ जनाको मृत्यु

परदेशमा रहेका २२ सय ३८ नेपाली कोरोना संक्रमित, ४८ जनाको मृत्यु

कोरोना भाइरसबाट सबैभन्दा धेरै बेलायतमा रहेका नेपालीको मृत्यु भएको छ। संक्रमित अमेरिका र बेलायतमा धेरै देखिएका छन् ।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट परदेशमा रहेका २ हजार २ सय ३८ जना नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएअनुसार विदेशमा ४८ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ ।

सबैभन्दा धेरै बेलायतमा रहेका नेपालीको मृत्यु भएको छ। बेलायतमा मात्रै ३३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने अमेरिकामा १०, युएईमा २, आयरल्यान्ड, जापान र टर्कीमा एक एकजनाको मृत्यु भएको छ।

एनआरएनएका अध्यक्ष कुमार पन्तका अनुसार २२ देशमा रहेका नेपाली कोरोनाबाट संक्रमित भएका छन् । अमेरिका र बेलायतमा एक÷एक हजार नेपालीमा संक्रमण देखिएको छ ।

त्यस्तै, युएईमा ७१, बहराइनमा ४९, पोर्चुगल र आयरल्यान्डमा २२/२२, कुवेतमा २१, अस्ट्रेलियामा ११, स्पेनमा १०, स्विजरल्यान्डमा ५, साउदी अरब, जर्मनी र बेल्जियममा ४४, मलेसिया र क्यानाडामा ३३, माल्टा, जापान र हङकङमा २२, टर्की, म्यानमार र फ्रान्समा ११ जनामा संक्रमण देखिएको एनआरएनएले जनाएको छ।

यो औपचारिक रुपमा सम्पर्कमा आएकाहरुको तथ्यांक हो । यो भन्दा धेरै बढि नेपाली कोरोनाबाट संक्रमित भएको हुनसक्ने एनआरएनएका अध्यक्ष कुमारले बताए ।

विशेष गरि खाडी मुलुकमा धेरै ब्यक्तिहरु संक्रमित भएको हुनसक्ने उनको अनुमान छ । खाडी मुलुकमा सबैभन्दा धेरै सेवा क्षेत्रमा काम गर्ने नेपाली कामदार समस्यामा रहेको एनआरएनएले जनाएको छ।

विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने इच्छा देखाएको एनआरएनएले गरेको सर्वेक्षणमा देखिएको थियो। ७७ प्रतिशत नेपाली स्वदेश फर्किन चाहेको एनआएनएको सर्वेशक्षणले देखाएको हो ।

रोजगारी र अध्ययनका लागि विदेशमा ५० लाखभन्दा बढी नेपाली रहेको सरकारको अनुमान छ।

प्रकाशित: Apr 26, 2020| 10:04 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।