लन्डन- कोरोना भाइरसको संक्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ।
गोरखा वेलफेयर ट्रस्ट र भूपू गोरखा सैनिकका यसमा तीन महिला र बाँकी पुरुष छन्। लन्डनस्थिन नेपाली दूतावासले भने हालसम्म ३१ नेपालीको मृत्यु भएको विवरण उपलब्ध गराएको छ।
दूतावासका प्रवक्ता शरदराज आरणले दूतावासबाहेक वेलफयरले पनि छुट्टै विवरण राखेको जानकारी दिए। गोरखा वेलफेयर ट्रस्टका अधिकृत ग्यारी घलेले ट्रस्टले बेलायतमा कोरोनाबाट निधन भएका भूपू गोरखाको मात्र तथ्यांक राख्ने गरेको बताए।
मृत्यु हुनेको सङ्ख्या अझ बढी हुन सक्ने शंका छ। मृत्यु हुनेका सबै परिवारले सञ्चारमाध्यमलाई घटनाबारे जानकारी नदिन पनि सक्छन्। परिवारको इच्छाविना अस्पतालले यस्ता घटना सार्वजनिक गर्दैन।