बिहीबार, भदौ ४, २०८३

लकडाउन १५ दिन थप्ने सरकारको तयारी, आज निर्णय हुने

लकडाउनकै कारण नेपालमा कोरोना संक्रमण नफैलिएको निष्कर्ष निकाल्दै सरकारले अझै १५ दिन लकडाउन थप्ने तयारी गरेको छ।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

काठमाडौं- लकडाउनकै कारण नेपालमा कोरोना संक्रमण नफैलिएको निष्कर्ष निकाल्दै सरकारले अझै १५ दिन लकडाउन थप्ने तयारी गरेको छ।

आज (आइतबार)बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय लिँदैछ। वैशाख ३१ गतेसम्म लकडाउन थप्ने तयारी भएको एक मन्त्रीले जानकारी दिए।

उनका अनुसार कोरोना संक्रमित थपिँदै गएको अवस्थामा लकडाउन खोले अवस्था भयावह बन्न सक्ने निष्कर्षसहित लकडाउन थप्ने तयारी भएको हो।

यसअघि बिहीबारको मन्त्रिपरिषद्को बैठकमा कम्तीमा ७ दिन लकडाउन थप्ने विषयमा छलफल भएको थियो। बैठकमा भौगोलिक रुपमा बढी प्रभावित क्षेत्रमा मात्रै लकडाउन कायम राखेर अन्य ठाउँमा खोल्ने कि भन्ने विषयमा पनि छलफल भएको थियो।

ती मन्त्रिका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अझै एक वा दुई साता देशैभर लकडाउन गर्नुपर्नेमा जोड दिएका थिए। नेपालमा कोरोना तीव्र गतिमा फैलिए त्यसको सामना गर्न सक्ने अवस्था नभएको भन्दै लकडाउन थप्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो।

बिहीबारकै छलफलबमोजिम आज (आइतबार) को मन्त्रिपरिषद्को बैठकले लकडाउन अझै १५ दिन थप गर्ने ती मन्त्रीले जानकारी दिए। वैशाखभर लकडाउन खोल्न नहुनेमा अधिकांश मन्त्री सहमत छन् ।

मुख्य सचिवको नेतृत्वमा रहेको कार्यदलले भने सरकारलाई थप एक हप्ता मात्रै लकडाउन लम्ब्याउन सुझाव दिएको छ।

तर, एक हप्ताभित्र संक्रमितको सम्पर्कमा पुगेकाहरूको पहिचान र परीक्षण (कन्ट्याक्ट ट्रेसिङ) गर्न कठिन हुने भन्दै लकडाउनको समयावधि १५ दिन लम्ब्याउने निष्कर्षमा सरकार पुगेको छ।

सरकारले चैत ११ गतेबाट एक साताका लागि लकडाउनको घोषणा गरेको थियो । चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत २५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो ।

चैत २४ गते मन्त्रिपरिषद् बैठकले पुनः आठदिन थपेर वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याइएको थियो । पछिल्लोपटक १२ दिन थपेर वैशाख १५ गतेसम्म लकडाउन बढाइएको थियो ।

प्रकाशित: Apr 26, 2020| 09:02 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।