अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई लिएर ह्वाइट हाउसमा भइरहेको दैनिक प्रेस ब्रिफिङ बन्द गरेका छन्।
दैनिक प्रेस कन्फ्रेन्सले उनको चुनावी अभियानलाई झट्का लाग्ने सुझाव सल्लाहकारहरुले दिएपछि उनले यस्तो निर्णय गरेको बताइएको छ।
प्रेस ब्रिफिङमा ट्रम्प कहिलेकाहीँ पत्रकारहरुका सवालमा भड्किने गरेका छन्। यसका कारण उनको आलोचना भइरहेको छ। ट्रम्प आफैँले ट्विट गरेर दैनिक प्रेस ब्रिफिङको केही अर्थ नभएको बताएका थिए।
हालैको प्रेस कन्फ्रेन्समा उनले कोरोना भाइरसको उपचारका लागि अप्रमाणित तथा गलत मेडिकल सल्लाह दिएका थिए। शुक्रबार भने ट्रम्पले पत्रकारहरुसँग सवाल–जवाफ नै गरेनन्।
बीबीसी