बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज देशैभर चट्याङ र असिनासहित वर्षा हुने, यस्तो हुनेछ तीन दिनको मौसम

आज देशैभर चट्याङ र असिनासहित वर्षा हुने, यस्तो हुनेछ तीन दिनको मौसम

आज देशभरि नै हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद् विभुति पोखरेलले जनाकारी दिइन् ।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

काठमाडौं- प्रि मनसुन सुरु भएसँगै केहि दिनदेखि लगातार परेको चट्याङ, असिना र हावाहुरीसहितको वर्षा आज (आइतबार) पनि हुने भएको छ ।

आज पश्चिमी भू-भागका केहि स्थानमा र मध्य र पूर्वी भूभागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि वर्षा हुने महाशाखाकी मौसमविद् विभुति पोखरेलले जनाकारी दिइन् ।

उनका अनुसार देशका पश्चिमी क्षेत्र, तराई तथा पहाडका केही स्थानमा बिहानैदेखि मौसम बद्लि भएपनि दिउँसोबाट देशैभरको मौसम बद्लिने र देशका अधिकांश भागमा वर्षा हुने छ ।

आज देशभरि नै हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको उनले बताइन् । उनले भनिन्– हिजो अस्ति देशका विभिन्न भूभागमा मेघगर्जनसहित वर्षा हुने गरेको थियो, आज र भोलि देशैभर वर्षाको सम्भावना देखिएको छ ।

पश्चिमी वायु र स्थानीय वायुबीचको ठक्करका कारण ठाउँ ठाउँमा चट्याङ र हावाहुरीको सम्भावना पनि देखिएको मौसमविद् विभुति पोखरेलले जानकारी दिइन् ।

आज (आइतबार) र भोलि (सोमबार) वर्षा, हावाहुरी, चट्याङको ठूलो सम्भावना रहेकाले सतर्क रहन मौसमपूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यस्ताे हुनेछ आगामी तीन दिनकाे माैसम

वैशाख १४ गते (आईतबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति: देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वैशाख १५ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वैशाख १६ गते (मंगलबार)

दिउँसोः देशभर सामान्य बदली केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति: देशभर सामान्य बदली केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Apr 26, 2020| 07:34 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।