बिहीबार, भदौ ४, २०८३

उदयपुरमा कोबाट कसमा सर्‍यो कोरोना ?

उदयपुरको त्रियुगा नगपालिका– ३ भुल्केमा २८ जनामा देखिएको कोरोना सङ्क्रमण भारतीय जमाती मुस्लीम समूहबाट नसरेको कुरा पुष्टि भएको छ ।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

उदयपुरको त्रियुगा नगपालिका– ३ भुल्केमा २८ जनामा देखिएको कोरोना सङ्क्रमण भारतीय जमाती मुस्लीम समूहबाट नसरेको कुरा पुष्टि भएको छ ।

शनिबार त्रियुगा नगपालिका– ३ भुल्के आइपुगेका प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवनकुमार घिमिरेले शुरुमा आफूहरु सबैले भुल्केमा २८ जनामा देखिएको कोराना सङ्क्रमण भुल्केको नुरी मस्जिदमा लुकेर बसेका भारतीय १२ मुस्लीम धर्मगुरु जमातीबाट सरेको विश्वास गरेको भए पनि अहिले सो कुरा पुष्टि नभएको बताए।

मन्त्री घिमिरेले भने, “भुल्केको नुरी मस्जिदमा रहेका १२ मुस्लीम जमाती उदयपुरको चौदण्डी नगरपालिकाको सिवाइ मस्जिदमा पनि १५ दिन रहेका र अन्यत्र पनि रहेका तर ती सबै जमाते रहेका स्थानका नागरिकको स्वाब नमूना जाँच गरेर रिपोर्ट हेर्दा रिपोर्ट नेगेटिभ आएको छ ।”

अहिलेको कोरोना भुल्केमा जमातीबाट नसरेको बरु भुल्केका केही मुस्लीम युवा लकडाउनअघि नै साउदी र कतारबाट आएका कारण उनीहरुबाट सरेको मन्त्री घिमिरेको जिकिर छ । अहिले भुल्केमा विदेशबाट आएका युवा पनि २८ जना कोरोना सङ्क्रमित भित्र रहेका र उनीहरु अहिले विराटनगरस्थित कोरोना अस्पतालमा उपचार गराइरहेका उनले बताए।

भुल्केमा विदेशबाट आएका स्थानीय मुस्लीम युवाले मस्जिदमा प्रवेश गर्दा जमातीमा सारेको पनि मन्त्री घिमिरे बताए। भोजपुरमा कोरोना सङ्क्रमित देखिएका युवा केही समयअघि साउदी अरबबाट आएका र उनैले कोरोना लिएर आएको पुष्टि भएका कारण तथ्यका आधारबाट हेर्दा र अहिलेसम्मको प्रदेश सरकारको अनुसन्धानबाट पनि जमाते समूहबाट कोरोना नसरेको मन्त्री घिमिरेले जानकारी गराए।

रासस

प्रकाशित: Apr 25, 2020| 22:24 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।