बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना भाइरस : कुल मृत्युमध्ये एक चौथाइभन्दा बढी अमेरिकामा

कोरोना भाइरस : कुल मृत्युमध्ये एक चौथाइभन्दा बढी अमेरिकामा

संक्रमणको तीन महिनाभन्दा कम समयमै अमेरिकामा कोरोना भाइरसबाट ५२ हजारभन्दा बढीको मृत्यु भएको छ। यो संख्या विश्वभर कोरोनाबाट मर्ने कुल मृतकको एक चौथाइभन्दा बढी हो।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

संक्रमणको तीन महिनाभन्दा कम समयमै अमेरिकामा कोरोना भाइरसबाट ५२ हजारभन्दा बढीको मृत्यु भएको छ। यो संख्या विश्वभर कोरोनाबाट मर्ने कुल मृतकको एक चौथाइभन्दा बढी हो।

सीएनएनका अनुसार विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार नाघेको छ।

अमेरिकामा अहिलेसम्म करिब ५१ लाखमा कोरोना परीक्षण गरिएको छ। तीमध्ये ८ लाख ७० हजारभन्दा बढी संक्रमित छन्। मृतक र संक्रमित दुवै विश्वमै सबैभन्दा बढी अमेरिकाका छन्।

अमेरिकाको जनसङ्ख्या ३३ करोड छ, जुन कोरोना भाइरसबाट अति प्रभावित स्पेन र इटलीको भन्दा धेरै हो।

शुक्रबार अमेरिकाको संसद्ले ४८४ अर्ब डलरको राहत योजना पारित गरेको छ, जसमा परीक्षणलाई विस्तार गर्न सघाउने विषय पनि समावेश छ।


प्रकाशित: Apr 25, 2020| 20:23 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।