बिहीबार, भदौ ४, २०८३

लकडाउन अवधिमा उपत्यकाको आपराधिक घटनामा कमी

लकडाउनको अवधिमा उपत्यकाका तीन जिल्लामा २०२ घटना भएका छन्। साविकभन्दा यी घटना निकै कम हुनु। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी १६५ घटना भएका महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ। ललितपुरमा २८ र भक्तपुरमा नौं घटनाको उजुरी परेका छ।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

काठमाडौं – लकडाउनको अवधिमा उपत्यकाका तीन जिल्लामा २०२ घटना भएका छन्। साविकभन्दा यी घटना निकै कम हुनु। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी १६५ घटना भएका महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ। ललितपुरमा २८ र भक्तपुरमा नौं घटनाको उजुरी परेका छ।

सबैभन्दा बढी भवितव्य ज्यानसम्बन्धी ५८ घटना भएका प्रहरीले जनाएको छ। बैंकिङ कसुरका ३३, ज्यानसम्बन्धी कसुरका ३५ र आत्महत्याका २१ घटना भएका महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए। सडकमा प्रहरीको उपस्थिति रहेको र नागरिक आआफ्नै घरमा भएकाले आपराधिक घटना न्यून भएका हुन्।

“हिजोको दिनमा नागरिक समाजमा आउथे, घुलमिलपछि विमति हुन्थ्यो, होटल रेस्टुराँमा झगडा हुन्थ्यो र अपराध हुन्थ्यो। अहिले नागरिक घरमा, प्रहरी सडकमा भएकाले यस्ता घटना रोकिएको हो”, पोखरेलले भने। उपत्यकाका १३८ युनिटबाट अहिले तीन जिल्लामा नौ हजार प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।

लकडाउनमा दैनिक दुई हजार मानिस कारबाहीमा पर्ने गरेको जानकारी दिँदै उनले यो अवधिमा उल्लंघन गर्ने ७३ हजार बढीलाई कारबाही गरिएको बताए। लकडाउनका बेला अत्यावश्यक कामका लागि हिँडेका मानिस तथा समस्यामा परेका र घर जान पैदल हिँडेकालाई अहिले सरकारी निर्णयअनुसार नै गन्तव्यमा पठाउने काम जारी रहेको छ।

प्रकाशित: Apr 25, 2020| 18:37 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।