बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टाइनमा बसेका १५३ भारतीय फर्किए, भारतबाट २१३ नेपाली आए

क्वारेन्टाइनमा बसेका १५३ भारतीय फर्किए, भारतबाट २१३ नेपाली आए

भैरहवा– भैरहवास्थित नीमा प्रतिमान प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिएका भारतीय मजदुरलाई शनिबार भारतीय अधिकारीलाई हस्तान्तरण गरिएको छ।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

भैरहवा– भैरहवास्थित नीमा प्रतिमान प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिएका भारतीय मजदुरलाई शनिबार भारतीय अधिकारीलाई हस्तान्तरण गरिएको छ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीका अनुसार उक्त क्वारेन्टाइनमा राखिएका १५४ जना मजदुरलाई भारतीय अधिकारीलाई हस्तान्तरण गरिएको हो।

नेपालको विभिन्न ठाउँमा काम गर्ने भारतीय मजदुरहरु लकडाउनका कारण हिँडेरै घर जाने क्रममा सीमा बन्द भएपछि आफ्नो देश जान पाएका थिएनन्। भारतीय मजदुरहरुलाई चैत १८ गते सिद्धार्थ नगरपालिकाको व्यवस्थापनमा नीमा प्रतिमान प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिएको थियो । २५ दिनपछि उनीहरु शनिबार आफ्नो देश फर्किएका हुन्।

यसैगरी भारतको नौतनवास्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरु पनि स्वदेश फर्किने क्रम जारी छ। शुक्रबार साँझ १०१ जना नेपाल आएकोमा शनिबार दिउँसो थप ११२ जना नेपाली स्वदेश फर्केका छन्। शनिबार अपरान्हसम्ममा सुनौली नाकाबाट २१३ जना नेपाली स्वदेश फर्केका छन् ।

उनीहरु विगत २५ दिनदेखि नौतनवा क्वारेन्टाइनमा बसेका थिए। भारतबाट नेपाल फर्किनेहरुको बेलहियामा कोरोना संक्रमणको आरडीटी परीक्षण गरेर मात्र प्रवेश गराइरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले बताए।

क्वारेन्टाइनमा रहेका सबैलाई एकैपटक ल्याएर परीक्षण गर्न कठिन हुने भएपछि उनीहरुलाई तीन चरणमा नेपाल ल्याउन लागिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए। नौतनवा क्वारेन्टाइनमा रहेका मध्ये २ सय ९८ जनालाई नेपाल आउने अनुमति दिइएको छ। नौतनवामा रहेका तीनवटा क्वारेन्टाइनमा ३ सय ४६ जना रहेका छन् ।

प्रकाशित: Apr 25, 2020| 18:25 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।