काठमाडौं- नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा ड्युटी सकेर घर जाने क्रममा शनिबार बाँकेमा एक प्रहरी जवानको सडक दुर्घटनामा परेर मृत्यु भएको छ।
दसगजाको क्वारेन्टाइनबाट मोटरसाइकलमा घर जाने क्रममा प्रहरी जवान सुवास सार्कीको बाँकेको राँझाचोक नजिकै रोड डिभाइडरमा ठोक्किएर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदयन्द्र सापकोटाले डिभाइडरमा ठोक्किएर प्रहरी जवान सार्कीको मृत्यु भएको जानकारी दिए। उनी स्थानीय प्रशासनले दसगजामा बनाएको क्वारेन्टाइनमा सुरुदेखि नै ड्युटीमा खटिँदै आएका थिए ।
उक्त क्वारेन्टाइनमा रहेका सबै आआफ्नो घर पठाइएएपछि उनी बिहान दुई बजे राँझास्थित डेरामा जान हिँडेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक सापकोटाले बताए।