बिहीबार, भदौ ४, २०८३

५० हजारमा परीक्षण गर्दा ४९ जना संक्रमित

नेपालमा अहिलेसम्म झन्डै ५० हजार व्यक्तिमो कोरोना भाइरस परीक्षण गरिएको छ।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

काठमाडौं- नेपालमा अहिलेसम्म झन्डै ५० हजार व्यक्तिमा कोरोना भाइरस परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरी दुवै विधिबाट ४९ हजार ३ सय ३६ जनाको परीक्षण गरिएको जानकारी दिए।

र्‍यापिड टेस्टमार्फत प्रदेश १ मा ४ हजार १ सय ६०, प्रदेश २ मा ५ हजार ४४, वागमतीमा ७ हजार ४ सय ६७, गण्डकीमा ४ हजार ८ सय ७१, प्रदेश ५ मा २ हजार ९ सय ५०, कर्णालीमा ४ हजार ९ सय ७४ र सुदूरपश्चिममा १० हजार २ सय४ को परीक्षण गरिएको छ।

अहिलेसम्म आइसोलेसनमा ८७ रहेका छन्। मोबाइल एपमा स्वपरीक्षण गरिएकामध्ये अहिलेसम्म २९० जना ‘रेड जोन’ मा छन्। हालसम्म नेपालमा ४९ जना संक्रमित भएकोमा १२ जना निको भएर घर फर्किएका छन्।

 

प्रकाशित: Apr 25, 2020| 16:43 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।