बिहीबार, भदौ ४, २०८३

अब फेसबुकमा भिडियो कलसम्बन्धी नयाँ सेवा

 विश्वभरि नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कलसम्बन्धी नयाँ सेवा सुरु गर्न लागेको छ।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

नयाँदिल्ली- विश्वभरि नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कलसम्बन्धी नयाँ सेवा सुरु गर्न लागेको छ।

अहिले भइरहेको भिडियो कलसम्बन्धी सेवाभन्दा केही थप र फरक विशेषतासहितको सेवा फेसबुकले सुर गर्न लागेको हो।

“म्यासेन्जर रुम” नाम दिइएको सो नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको छ।

सामूहिक भिडियो कुराकानी गर्न सकिने र बैठक, कार्यक्रम तथा अन्तरक्रिया गर्न सकिने गरी म्यासेन्जर रुम बनाइएको छ।

म्यासेन्जर रुम भिडियो कुराकानीका लागि कुनै समय सीमा तोकिएको छैन। असीमित समयसम्म कुराकानी गर्न सकिने व्यवस्था गरिएको छ।

सामूहिक भिडियो कुराकानीका लागि कुनै एउटा व्यक्तिले फेसबुकमा म्यासेन्जर रुम बनाएर कुनै पनि व्यक्तिलाई कुराकानीका लागि निमन्त्रणा गर्न सक्दछ। निमन्त्रणा गर्दा फेसबुक आइडी नभएको व्यक्तिलाई पनि गर्न सकिने गराइएको छ।

भिडियो कुराकानीमा नियमन्त्रणा गरेको व्यक्तिले को को भिडियो कुराकानीमा सहभागी भएका छन् भन्ने थाहा पाउने र चाहेको व्यक्तिलाई हटाउन पनि मिल्ने गराइएको छ।

फेसबुकको दायाँ साईडबाट भित्र छिरेपछि यस्तो सेवा सुरु गर्न सकिने व्यवस्था गरिएको छ। भिडियो कुराकानीमा सुरक्षा र गोपनीयताको पूर्ण सुनिश्चितता गरिएको पनि फेसबुकले दाबी गरेको छ।

फेसबुकको यो नयाँ सेवा “म्यासेन्जर रुम” केही देशमा प्रयोग गर्न सकिनेगरी यसै साता खुल्ला गरिनेछ भने अन्य देशका लागि विस्तारै खुल्ला गर्ने तयारी गरिएको फेसबुकले जनाएको छ।

प्रकाशित: Apr 25, 2020| 16:35 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।