बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाहिरबाट आएकालाई अनिवार्य क्वारेन्टिनमा राख्न कांग्रेसको सुझाव

बाहिरबाट आएकालाई अनिवार्य क्वारेन्टिनमा राख्न कांग्रेसको सुझाव

लकडाउनको समयमा देशका बिभिन्न स्थानबाट सुदूरपश्चिममा भित्रिएकाहरुलाई क्वारेन्टिनमा राख्दै अनिवार्य स्वास्थ्य जाँच गरेर मात्रै घर पठाउन नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलले सुझाव दिएको छ।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

धनगढी- लकडाउनको समयमा देशका बिभिन्न स्थानबाट सुदूरपश्चिममा भित्रिएकाहरुलाई क्वारेन्टिनमा राख्दै अनिवार्य स्वास्थ्य जाँच गरेर मात्रै घर पठाउन नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलले सुझाव दिएको छ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमबाट नेपाल अझै पनि मुक्त नभइसकेको भन्दै प्रदेशसभा संसदीय दलले अनिवार्य स्वास्थ्य जाँच गरेर मात्र घर पठाउन सुझाव दिएको हो।

संसदीय दलका नेता डा. रणवहादुर रावलले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशबाट आएका सबैलाई अनिवार्य रुपमा क्वारेन्टिमा राखेर स्वाथ्य जाँच पछि मात्र घर पठाउन सुझाव दिएका छन्।

अहिले पनि बाहिरी जिल्लाबाट दैनिक ठूलो संख्यामा मानिस आइरहेको भन्दै विज्ञप्तिमा प्रत्येक व्यक्तिको अभिलेख राख्दै सम्बन्धित स्थानीय तहमा पठाउने र क्वारेन्टिनमा अनिवार्य राख्नेतर्फ सचेत हुन प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टिनलाई अझैं प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै विज्ञप्तिमा प्रत्येक स्थानीय तहले आ–आफ्नो क्षेत्रभित्रका नागरिकलाई अनिवार्य क्वारेन्टिनमा राख्नुपर्ने उल्लेख गरिएको छ।

पछिल्लो दुई सातायता कैलालीलगायत सुदूरपश्चिममा कोरोना भाइरस संक्रमणका नयाँ बिरामी देखा नपरेकोमा हामी कोरोनाको जोखिमबाट मुक्त भइसक्यौँ भन्ने निष्कर्ष निकालियो भने ठूलो दुर्भाग्य हुनसक्ने काँग्रेसले जनाएको छ।

साथै काँग्रेसले सरकारले लागू गरेको लकडाउनले गर्दा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने, विपन्न वर्ग, लघु व्यवसायी, असहाय, अशक्त, वृद्धवृद्धालाई छाक टार्न समस्या भएको उल्लेख गर्दै त्यस्ता नागरिकलाई न्यायोचित रुपमा खाद्यान्न लगायतका राहत सामग्री वितरण गर्न पनि सरकारको ध्यानआकर्षण गराइएको छ।

प्रकाशित: Apr 25, 2020| 16:23 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।