बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनको निर्णय मन्त्रिपरिषदले आइतबार गर्ने, हवाई उडान जेठ २ सम्म स्थगित

लकडाउनको निर्णय मन्त्रिपरिषदले आइतबार गर्ने, हवाई उडान जेठ २ सम्म स्थगित

लकडाउनबारे भोलि आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने भएको छ। आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनबारे निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई दिएको छ।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

काठमाडौं - लकडाउनबारे भोलि (आइतबार) बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने भएको छ। आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठकले लकडाउनबारे निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई दिएको छ। बैठकमा लकडाउनलाई कसरी अगाडि बढाउने भन्नेबारे भने विभिन्न मोडालिटीमाथि छलफल भएको समितिका एक सदस्यले बताए। 

रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बसेको बैठकले आन्तरिक तथा वाह्य उडान भने जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। बैठकमा खासगरी हालसम्म भएगरेका कामहरुको समीक्षा भएको थियो। यस्तै कोरोना संक्रमणको परीक्षण तथा उपचारलाई प्रभावकारी बनाउने तथा औषधिजन्य सामग्रीको आपूर्तिलाई देशभर सहज बनाउने छलफलसमेत बैठकमा भएको छ।

 

प्रकाशित: Apr 25, 2020| 15:10 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।