बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिकित्सकले नमानेपछि आफैँ प्राथमिक स्वास्थ्य केन्द्रमा खटिन तम्सिए निर्देशक अवस्थी

चिकित्सकले नमानेपछि आफैँ प्राथमिक स्वास्थ्य केन्द्रमा खटिन तम्सिए निर्देशक अवस्थी

बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा खटाइएका चिकित्सकहरुले जान नमानेपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले आफैँलाई काजमा खटाउन मन्त्रालयलाई पत्र लेखेका छन्।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

काठमाडौं– बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा खटाइएका चिकित्सकहरुले जान नमानेपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले आफैँलाई काजमा खटाउन मन्त्रालयलाई पत्र लेखेका छन्।

लामो समयदेखि कोल्टी प्राथमिक स्वाथ्य केन्द्रमा चिकित्सकको रिक्त दरबन्दीमा पदपुर्ति हुन नसकेको भन्दै डा. अवस्थी आफैं उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा काजमा खटिन तम्सेका हुन्।

जिल्ला अस्पताल बाजुरामा कार्यरत एक जना चिकित्सकलाई कोल्टीमा खटाउन निर्देशनालयले पत्राचार गरे पनि अस्पतालले हाल कसैलाई पठाउन नसकिने जवाफ फर्काएको डा. अवस्थीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ।

‘जिल्ला अस्पतालले चिकित्सक पठाउन नसक्ने भनेपछि तत्काल पदपूर्ति गर्न पनि नसकिने भएकाले नेपाल सरकारको छात्रवृत्तिमा अध्ययनरत डा. राजुराज जैशीलाई कोरोना महामारी नियन्त्रण नहुँदा सम्म कोल्टी जान पत्र काटिएकोमा जैशीले पनि उक्त पत्रको अवज्ञा गरेका छन्’ डा. अवस्थीले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ।

निर्देशनालयले चिकित्सक लगायतको परिचालन गर्दा अटेर गरी बस्ने, निर्देशन नमान्ने गरेको उल्लेख गर्दै पत्रमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा यथाशिघ्र चिकित्सकको व्यवस्था गर्न माग गरिएको छ।

दुर्गम क्षेत्र कोल्टीमा चिकित्सक नहुँदा दिनहुँ थुप्रै गुनासाहरु निर्देशनालयमा आइरहेको भन्दै डा. अवस्थीले तत्काल चिकित्सकको व्यवस्थापन गर्न नसकिने भए आफैलाई कामकाजका लागि खटाइदिन अनुुरोध गरेका हुन्।

 

प्रकाशित: Apr 25, 2020| 14:50 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।