बिहीबार, भदौ ४, २०८३

तातोपानी नाकाबाट भित्रिन थाल्यो स्वास्थ्य सामग्री

तातोपानी भन्सारबाट कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चाहिने स्वास्थ्य सामग्री भित्रिन थालेको छ।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

काठमाडौं- तातोपानी भन्सारबाट कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चाहिने स्वास्थ्य सामग्री भित्रिन थालेको छ।

तिब्बत सरकारले नेपाललाई दिएको अनुदान तथा निजी क्षेत्रले खरिद गरेको स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै नेपाल भित्रिन थालेको हो।

हालसम्म पिसिआर मेसिन दुई थान, टेष्टिङ किट २० हजार थान, एन–९५ मास्क ७२ हजार पाँच सय थान, डिस्पोजेबल मास्क १२ हजार थान, स्यानिटाइजर २६ हजार ७३२ लिटर, पञ्जा तीन हजार नौ सय थान र पिपिई २१ हजार २ सय ६० थान नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।

खत्रीका अनुसार एक हजार थान प्रोटेक्टिभ चश्मा, २० हजार आठ सय थान डिस्पोजेबल शु–कभर, पाँच हजार आठ सय थान फेससेइल्ड र ४ सय ३० थान मेडिकल वेड म्याट्रिक्स पनि भित्रिएको छ।

तिब्बतले नेपाल सरकारलाई अनुदानमा दिएको रु. आठ करोड ३१ लाख बराबरको स्वास्थ्य सामग्री पनि भित्रिएको छ।

जसमा दश हजार थान एन–९५ मास्क, दश हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई थान पिसिआर मेशिन, दश हजार थान टेष्टिङ किट र पचास थान वेट वाइपबाहेक अन्य स्वास्थ्य सामग्री निजी क्षेत्रले खरीद गरेको खत्रीले जानकारी दिए।

गत माघ १३ गतेदेखि बन्द तातोपानी नाका चैत १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक सामान ल्याउन खोल्ने निर्णय गरेको।

प्रकाशित: Apr 25, 2020| 13:50 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।