बिहीबार, भदौ ४, २०८३

पाकिस्तानमा मे ९ सम्म लकडाउन

पाकिस्तानमा लागू गरिएको लकडाउन अवधि थप गरिएको छ ।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

इस्लामाबाद- पाकिस्तानमा लागू गरिएको लकडाउन अवधि थप गरिएको छ।
कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नुपरेको सरकारी अधिकारीहरुले बताएका छन्।

पाकिस्तानी सरकारले आगामी मे ९ तारिखसम्मका लागि लकडाउन लागू भइरहने घोषणा शुक्रबार गरेको हो।
केन्द्रीय योजना तथा विकासमन्त्री असद उमराले राष्ट्रिय नियन्त्रण केन्द्रले लकडाउनको समयावधि बढाउने निर्णय गरेको जानकारी दिए।
देशव्यापी लकडाउन लागु भइरहेको पाकिस्तानमा शुक्रबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ११ हजारभन्दा बढी भएको छ। सरकारी अधिकारीहरुका अनुसार संक्रमित हुनेहरुको कुल संख्या ११ हजार ६५२ रहेको छ।
त्यसैगरी देशभरि कोरोना भाइरसका कारण २४२ भन्दा बढीको मृत्यु भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन्।
कोरोना भाइरसबाट सबैभन्दा धेरै पञ्जाव प्रदेश प्रभावित भएको छ। त्यहाँ चार हजार ८५१ जना संक्रमित भेटिएका छन् ।
महामारी विरुद्धको कतिपय मापदण्डहरुलाई पाकिस्तानमा कतिपय व्यक्तिहरुले बेवास्ता गरेको पाइएको छ।

शनिबारदेखि मुिस्लम धर्माबलम्वीहरुको एक महिने रमजान पर्व समेत सुरु भएकाले मुस्लिम समुदायको बाहुल्य पाकिस्तानमा थप सतर्कता अपनाउन आह्वान गरिएको छ।

प्रकाशित: Apr 25, 2020| 12:37 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।