एजेन्सी– जर्मन कप फुटबल फेरि एकपटक पनि अनिश्चितकालका लागि स्थगित भएको छ। जर्मनी फुटबल संघका अध्यक्ष फ्रिट्ज केलेरले दर्शकविना फुटबल नगराउने भन्दै प्रतियोगिता फर्किने मिति अनिश्चित बनेको बताएका हुन्।
कोरोना भाइरसका कारण स्थगित गरिएको कप संघले फुटबल आउँदो मे २३ बाट सुरु गर्ने बताएको थियो। तर जोखिम कम नहुने देखिएपछि फेरि स्थगित गरिएको हो।
प्रतियोगितामा अब सेमीफाइनल र फाइनलका खेल बाँकी रहेका छन्। सेमीफाइनलमा बायर्न म्युनिख र बायर्न लिभरकुसेन तथा फ्रांकफर्ट र एफसी सारब्रुक प्रतिस्पर्धा गर्ने तय छ।
यता बुन्डेसलिगा भने मे ९ बाट सुरु गर्ने बताइएको छ। संघले बन्द रंगशालामा गर्ने गरि लिग फर्काउनेमा सहमति भएको छ।
तर लिग गर्ने नगर्ने भन्ने बरेमा अन्तिम निर्णय भने सरकारले गर्ने बताइएको छ। लिग सुरु हुने आशाले बायर्न म्युनिख, बारुसिया डर्टमुन्ड लगायतका क्लबले प्रशिक्षण सुरु गरिसकेका छन्।