बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा प्रतिमिनेट एक नयाँ कोरोना संक्रमित थपिँदै, एकै दिनमा ५९ जनाको मृत्यु

भारतमा प्रतिमिनेट एक नयाँ कोरोना संक्रमित थपिँदै, एकै दिनमा ५९ जनाको मृत्यु

तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा २४ हजार ४ सय ४७ जना संक्रमित भएका छन् ।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

काठमाडौं- तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा २४ हजार ४ सय ४७ जना संक्रमित भएका छन् ।

शुक्रबार मात्रै १ हजार ४ सय ९६ जनामा कोरोना पुष्टि भएको छ । बिहीबार १ हजार ६ सय ६९, बुधबार १ हजार २ सय ९०, मंगलबार १ हजार ५ सय ४१, सोमबार ९ सय २४, आइतबार १ हजार २ सय ५० र शनिबार २ हजार १३ जनामा कोरोनाको संक्रमण भेटिएको थियो ।

पछिल्लो एक हप्तामा भारतमा औसतमा १४ सय भन्दा बढि कोरोना संक्रमित हरेक दिन भेटिएको छ । यो भनेको प्रत्येक एक मिनेटमा एक नयाँ संक्रमित फेला पर्नु हो ।

यस्तै भारतमा मृत्युदर पनि दिनहुँ बढि राखेको छ । शुक्रबार मात्रै कोरोनाबाट ५९ जनाको मृत्यु भएको छ भने बिहीबार ४०, बुधबार ३६ जनाले ज्यान गुमाएका छन् ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार भारतमा अहिलेसम्म कोरोनाबाट ७ सय ८० जनाको मृत्यु भएको छ ।

प्रकाशित: Apr 25, 2020| 12:14 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।