बिहीबार, भदौ ४, २०८३

चितवनका संक्रमित युवक कोरोनामुक्त

कोरोना भाइरस संक्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन्।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

चितवन- कोरोना भाइरस संक्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन्। दुईपटक गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन्।

उनीसँगै रहेकी आमाको दोस्रो पिसीआर परीक्षण भने पोजेटिभ नै देखिएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार लगातार दुईपटक गरिएको परीक्षणमा छोराको नेगेटिभ देखिएको हो। उनलाई आज दिउँसो डिस्चार्ज गरिने कार्यक्रम छ।

आमा अस्पतालमा नै रहनुपर्नेभएकाले उनी आमालाई कुर्ने गरी अस्पतालकै छुट्टै क्वारेन्टाइनमा बस्ने वा घरको क्वारेन्टाइनमा बस्ने टुंगो नलागेको तिवारीले जानकारी दिए। उनले भने, “उहाँलाई हामी आज दिउँसो औपचारिक रूपमा डिस्चार्ज गरेर क्वारेन्टाइनमा बस्न लगाउँछौं ।”

तिवारीका अनुसार राप्ती नगरपालिका–८ निवासी ६५ वर्षीया आमा र २७ वर्षीय छोरामा कोरोना भाइरस देखिएको थियो। भरतपुर कोभिड–१९ प्रयोगशालामा आमा र एक छोराको पोजेटिभ देखिएपछि उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनमा निगरानीमा राखिएको छ ।

परीक्षणअघि आमा र दुई छोरा अस्पतालमा रहेको भए पनि एक जना छोरालाई नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको थियो।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार तीन दिनपछि पुनः आमाको स्वाब परीक्षण गरिने छ।
यी आमाछोरा चैत ३ गते बेलायतबाट हङकङ हुँदै नेपाल आएका हुन्। दुई दिन काठमाडौं बसेर उनीहरु घर आएका थिए।

परिवारका सदस्य र उनीहरुसँग निकट भएका एम्बुलेन्स चालकदेखि अन्य व्यक्तिलाई हाल राप्तीको ब्रह्मनगरको क्वारेन्टाइनमा राखिएको छ। –रासस

प्रकाशित: Apr 25, 2020| 11:30 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।