बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अलपत्र मजदुर र विद्यार्थी बोकेर उदयपुर हिँडेको बस बर्दिबासमा पल्टियो

अलपत्र मजदुर र विद्यार्थी बोकेर उदयपुर हिँडेको बस बर्दिबासमा पल्टियो

लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका मजदुर र विद्यार्थी बोकेर उदयपुर जाँदै गरेको बस महोत्तरीको बर्दिवासमा पल्टिएको छ।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

काठमाडौं- लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका मजदुर र विद्यार्थी बोकेर उदयपुर जाँदै गरेको बस महोत्तरीको बर्दिवासमा पल्टिएको छ।

दुर्घटनामा परी गाडीका सहचालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ भने एक जना घाइते भएका छन्।

बा३ख ४०३६ नम्बरको बस बर्दिबासमा दुर्घटना हुँदा बसका सहचालक दोलखाका अन्दाजी २३ वर्षीय बाबुराम विश्वकर्माको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए।

घाइते प्रदीप विश्वकर्माको बर्दिबासस्थित सुस्वास्थ्य हस्पिटलमा उपचार गरिएको छ। बसमा ३५ यात्रु थिए। ३४ जनालाई चौदण्डीगढी नगरपालिकासँगको समन्वय अर्को बसमा हालेर पठाइएको छ।

तीव्र गतिमा रहेको बस मोड्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रकाशित: Apr 25, 2020| 10:27 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।