बिहीबार, भदौ ४, २०८३

गण्डकीमा ५२५ पीसीआर परीक्षण गर्दा २ मात्र पोजेटिभ

गण्डकी प्रदेशका ११ जिल्लामा पीसीआर परीक्षण गरिएकामध्ये २ जनाको पोजेटिभ नतिजा आएको छ।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

पोखरा- गण्डकी प्रदेशका ११ जिल्लामा काेराेना भाइरसकाे पीसीआर परीक्षण गरिएकामध्ये २ जनाको पोजेटिभ नतिजा आएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आरडीटी परीक्षणमा सबै रिपोर्ट नेगेटिभ आएको छ।

हालसम्म गण्डकीमा ४३८८ आरडीटी र ५२५ पीसीआर परीक्षण गरिएको छ। प्रदेशका ११ जिल्लामा गरिएको पीसीआर परीक्षण गरिएकामध्ये २ जनाको पोजेटिभ नतिजा आएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।

पीसीआर परीक्षणमा पाँच सय १६ जनाको नेगेटिभ नतिजा आएको छ भने कोरोना भाइरस पोजेटिभ देखिएका बागलुङका दुवैजना उपचारपछि घर फर्किसकेका छन्। पीसीआर परीक्षणको सातवटा रिपाेर्ट आउन बाँकी छ।

गण्डकी प्रदेशमा चैतमा विदेशबाट आएका चार हजार ६ सय ११ जनामध्ये अधिकांशको परीक्षण सकिएको जनाएको छ।
बागलुङमा सबैभन्दा धेरै एक हजार १ सय ६ जनामा आरडीटी परीक्षण गरिएको छ भने ६५ जनाको पीसीआर परीक्षण गरिएको छ।

कास्कीमा एक सय ५१ जनामा पीसीआर परीक्षण गरिएको छ। एक सय ४८ जनाको नेगेटिभ नतिजा आएको छ भने तीन जनाको आउन बाँकी छ। प्रदेशमा ९५ वटा स्थानमा फिभर क्लिनिक स्थापना गरी ६३ हजार २ सय ३४ जनाको ज्वरो जाँच गरिएको निर्देशनालयले जनाएको छ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट दुई पीसीआर मेसिनबाट नियमित कोराना भाइरस परीक्षण हुँदै आएको छ।

प्रकाशित: Apr 25, 2020| 09:28 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।