बिहीबार, भदौ ४, २०८३

दमकमा उच्च सतर्कता, लकडाउनमा कडाइ

झापाको दमकमा शुक्रबार साँझ एक जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि यहाँ उच्च सतर्कता गर्न थालिएको छ ।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

झापाको दमकमा शुक्रबार साँझ एक जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि यहाँ उच्च सतर्कता गर्न थालिएको छ ।

गत चैत ४ गते युनाइटेड अरव इरिमेट्सबाट घर आएका २८ वर्षे छोरासहित एकै परिवारका तीन जनामा बिहीबार गरिएको आरडिटी परीक्षणमा तीनै जनाको एण्टीबडी पोजेटिभ देखिएको र तीमध्ये ६२ वर्षीय बुबामा भने पिसीआर परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सुरक्षा सतर्कता थालिएको हो ।

सङ्क्रमण पुष्टि भएलगत्तै नगरपालिकामा शुक्रबार साँझ नै बसेको बैठकले कोभिड–१९को सङ्क्रमण देखिएको वडा आसपासका क्षेत्रमा थप कडाइ गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले बताइन्। उनका अनुसार सङ्क्रमितको घर बिहीबार बेलुकादेखि नै सिल गर्नुका साथै त्यस घर नजिकैको भुटानी शरणार्थी शिविरसमेत सिल गरिएको छ ।

बिहीबार दमक–३ का एकै परिवारका तीन जनामा गरिएको ¥यापिड टेष्टमा एण्टीबडी पोजेटिभ देखिएपछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परीक्षणका क्रममा एक जनामा कोरोना सङ्क्रमण देखिएको थियो । दमक अस्पतालको आइसोलेसनमा ती सङ्क्रमितसहित सात जना राखिएको र उनीहरुको अवस्था सामान्य रहेको छ ।

शुक्रबार सम्ममा दमकका विभिन्न तीन क्वारेन्टाइनमा ४१ जना रहेका छन् । दमक–४ स्थित मानसरोवरमा २१, दाहाल प्रतिष्ठानमा छ र जामे मस्जिदको क्वारेन्टाइनमा १४ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
रासस

प्रकाशित: Apr 25, 2020| 09:02 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।