बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उदयपुरमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण, प्रदेश १ मा संक्रमितको संख्या ३० पुग्यो

उदयपुरमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण, प्रदेश १ मा संक्रमितको संख्या ३० पुग्यो

उदपुरका २६ संक्रमितमध्ये ५ जना एकै परिवारका रहेको खुलेको छ। उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका एकै परिवारका
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

विराटनगर- देशभर कोरोना संक्रमितको संख्या ४९ पुग्दा प्रदेश १ मा मात्रै ३० जना संक्रमित भएका छन्।

बिहीबार झापाका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० पुगेको हो। बुधबार भोजपुरमा एक पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो।

संक्रमितमध्ये सबैभन्दा बढी उदपुरका छन्। जहाँ २४ जना संक्रमित भेटिएको प्रदेश नम्बर १ को समाजिक विकास मन्त्रालयले जनाएको छ।

यस्तै मोरङमा ४, भोजपुरमा १ र झापामा १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी दिब्यराज कट्टेलले जानकारी दिए।

उदपुरका २४ संक्रमितमध्ये ५ जना एकै परिवारका रहेको खुलेको छ। त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका एकै परिवारका ४१ वर्षीय दाजु, १८ वर्षीय छोरा, ३६ वर्षीया बहिनी, ४० वर्षीय ज्वाइँ र १८ वर्षीय भाञ्जामा कोरोना संक्रमण पुष्टि भएको हो।

गाईघाट बजारमा जुत्ताचप्पल व्यापार गर्दै आएका बहिनीज्वाइँ लकडाउनका कारण व्यापार गर्न नपाएपछि र बजारको घर साँघुरो हुँदा माइतीघरमा गएर बसेका उनीहरु संक्रमित भएको भएका हुन्।

संक्रमितमध्ये १८ वर्षीय छोरा भारतको उत्तर प्रदेशमामा उर्दु भाषा पढ्न गएको खुलेको र उनी चैत ७ गते  घर आएको पाइएको उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।

यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेका सूचना डेस्कका अनुसार प्रदेश १ मा पीसीआर विधिबाट शुक्रबारसम्म ९०६ जनाको नमुना सङ्कलन भई परीक्षणका लागि पठाइएको छ। तीमध्ये २४३ महिला र ६६३ पुरुष छन्।

उनीहरुमध्ये ८७ महिला र ४९६ पुरुषको रिपाेर्ट नेगेटिभ आएको छ। द्रुत परीक्षण विधि (आरडिटी) बाट जम्मा चार हजार १६० जनाको नमूना परीक्षण गरिएको छ। परीक्षण गरिएकामा ६७६ महिला र तीन हजार ८८४ पुरुष छन्।

यता प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या एक हजार १६३ पुगेको छ।

४३ जना डिस्चार्ज भएका छन्। आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० छन्। होम क्वारेन्टाइनमा ९०३ महिला र चार हजार ४८४ पुरुष गरी कुल पाँच हजार ३८७ बसिरहेका छन्।

प्रकाशित: Apr 25, 2020| 08:49 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।