बिहीबार, भदौ ४, २०८३

कोरोनामुक्त अंशु भन्छिन् : आत्मबल दह्रो बनाऔं

 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

बागलुङ-कोरोनामुक्त १९ वर्षीया अंशु सापकोटाले कोरोनालाई जितेर घर हिँड्दा खुसीको सीमा नरहेको बताएकी छन्।

उनले आत्मबल नै सबैभन्दा ठूलो भएको भन्दै धैर्य गर्न सबैलाई आग्रह गरिन्। “सबैभन्दा ठूलो कुरा आत्मबल र धैर्य रहेछ”, सापकोटाले भनिन्, “कोरोनालाई जित्न रोग प्रतिरोधी क्षमता बढाउँदै आत्मबल दह्रो बनाउँदै लगें।”

उनले औषधि नै पत्ता नलागेको रोगलाई जित्ने उपाय धैर्य गर्नु र आत्मबल बढाउँदै लैजानु भएको भन्दै उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिइन्।

“चिकित्सकको परामर्श र अभिभावकको सान्त्वनाका कारण अस्पतालमा बिताएका २८ दिन लामो लागेन”, उनले भनिन्, “एक दिन पनि आफूलाई कमजोर बनाइनँ, आत्मबल झनै दह्रो बनाएर बसें।”

अन्य कोरोना सङ्क्रमितले पनि स्वास्थ्यको ख्याल गर्दै मनोबल बढाउँदै लैजान उनले सुझाव दिइन्। आफूले आफैंलाई कमजोर ठाने रोगले गलाउँदै लाने भन्दै उनले सबैलाई रोगप्रति सचेत रहन आग्रह गरिन्। -रासस

प्रकाशित: Apr 25, 2020| 08:48 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।