बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकामा २४ घण्टामा ३७ हजार ३ सय संक्रमित, मृतकको संख्या ५१ हजार नाघ्याे

अमेरिकामा २४ घण्टामा ३७ हजार ३ सय संक्रमित, मृतकको संख्या ५१ हजार नाघ्याे

कोरोनाबाट सबैभन्दा बढि आक्रान्त भएको अमेरिकामा अहिलेसम्म ५१ हजार १७ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै १ हजार ८ सय ६३ जनाको मृत्यु भएको छ ।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

काठमाडौं- तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट अमेरिकामा एकै दिनमा ३७ हजार ३ सय ७० जना संक्रमित भएका छन् । योसँगै संक्रमितको संख्या अमेरिकामा ८ लाख ९० हजार ५ सय २४ पुगेको छ ।

कोरोनाबाट सबैभन्दा बढि आक्रान्त भएको अमेरिकामा अहिलेसम्म ५१ हजार १७ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै १ हजार ८ सय ६३ जनाको मृत्यु भएको छ ।

अमेरिकामा हरेक दिन २५ देखि ३५ हजारसम्म नयाँ संक्रमित भेटिने गरेको छ भने २ हजार भन्दा धेरैको मृत्यु हुने हुने गरेको छ । बिहीबार ३१ हजार ८ सय ८९ जना नयाँ संक्रमित भेटिएको थियो भने २ हजार ३ सय ४० जनाको मृत्यु भएको थियो ।

बुधबार ३० हजार १ सय ५६ जना संक्रमित हुँदा २ हजार ३ सय ५८ जनाको मृत्यु भएको थियो । मंगलबार २६ हजार ८४ जनामा संक्रमण पुष्टि हुँदा २ हजार ६ सय ६ सय ८३ मृत्यु भएको थियो ।

अमेरिकामा कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या सबैभन्दा बढि न्यूयोर्कमा रहेको छ । यो राज्यमा मात्रै २ लाख ७७ हजार ४ सय ४५ जना कोरोनाबाट संक्रमित भएका छन् भने २१ हजार २ सय ९१ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Apr 25, 2020| 07:24 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।