बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट एकै दिनमा १ लाख ४ हजार संक्रमित, कुन देशमा कतिको मृत्यु ?

कोरोनाबाट एकै दिनमा १ लाख ४ हजार संक्रमित, कुन देशमा कतिको मृत्यु ?

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १ लाख ४ हजार २ सय २२ जना संक्रमित भएका छन् । योसँगै संक्रमितको संख्या २७ लाख ९० हजार ९ सय ८६ पुगेको छ ।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १ लाख ४ हजार २ सय २२ जना संक्रमित भएका छन् । योसँगै संक्रमितको संख्या २७ लाख ९० हजार ९ सय ८६ पुगेको छ ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार १ लाख ९५ हजार ९ सय २० जनाको केरोनाबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ८६ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा शुक्रबार मात्रै ३७ हजार ३ सय ७० संक्रमित भेटिएका छन् भने १ हजार ८ सय ६३ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख ९० हजार ५ सय २४ पुगेको छ भने मृतकको संख्या ५१ हजार १७ पुगेको छ ।

यस्तै स्पेनमा पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ४० जनामा संक्रमण पुष्टि भएको छ भने ३ सय ६७ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख १९ हजार ७ सय ६४ पुगेको छ भने २२ हजार ५ सय २४ जनाको मृत्यु भएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ३ हजार २१ जना संक्रमित थपिएका छन् भने ४ सय २० जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या १ लाख ९२ हजार ९ सय ९४ पुगेको छ भने मृतकको संख्या २५ हजार ९ सय ६९ पुगेको छ ।

फ्रान्समा १ लाख ५९ हजार ४ सय ९५ जना संक्रमित भएका छन् भने २२ हजार २ सय ७८ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै फ्रान्समा १ हजार ६ सय ४५ जना नयाँ संक्रमित थपिदा ३ सय ८९ जनाको मृत्यु भएको छ ।

जर्मनमीमा संक्रमितको संख्या १ लाख ५४ हजार ५ सय ४५ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ७ सय २३ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७९ मा कोरोना पुष्टि भएको छ भने १ सय ८५ जनाको मृत्यु भएको छ ।

यस्तै बेलायतमा १ लाख ४४ हजार ६ सय ३५ जना संक्रमित हुँदा १९ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै बेलायतमा ५ हजार ३ सय ८६ जना नयाँ संक्रमित थपिदा ७ सय ६८ जनाको मृत्यु भएको छ ।

टर्कीमा संक्रमितको संख्या १ लाख ४ हजार ९ सय १२ पुगेको छ भने २ हजार ६ सयले ज्यान गुमाएका छन् । छिमेकी मुलुक भारतमा संक्रमितको संख्या २४ हजार ४ सय ४७ पुगेको छ भने मृतकको संख्या ७ सय ८० पुगेको छ ।

नेपालमा भने शुक्रबार थप एक जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

प्रकाशित: Apr 25, 2020| 06:48 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।