बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुईपल्ट रिपोर्ट नेगेटिभ आएपछि बागलुङकी किशोरी डिस्चार्ज हुँदै

दुईपल्ट रिपोर्ट नेगेटिभ आएपछि बागलुङकी किशोरी डिस्चार्ज हुँदै

बागलुङको धवलागिरी अञ्चल अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित १९ वर्षीया किशोरी अंशु सापकोटाको लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएको छ।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

बागलुङको धवलागिरी अञ्चल अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित १९ वर्षीया किशोरी अंशु सापकोटाको लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएको छ।

शुक्रबार गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। उनको बिहीबारको रिपोर्ट पनि नेगेटिभ थियो। नेगेटिभ रिपोर्ट आएपछि उनलाई डिस्चार्जको तयारी गरिएको छ।

कोरोना संक्रमण देखिएपछि चैत १४ देखि अस्पाललमा उपचाररत उनको रिपोर्ट चौथो पटकसम्म पोजेटिभ आएको थियो।

तर, पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ। उनको आजै राती डिस्चार्ज हुने बताइएको छ।

 

प्रकाशित: Apr 24, 2020| 21:25 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।