बिहीबार, भदौ ४, २०८३

सशस्त्रका असई नदीमा वेपत्ता

सशस्त्र प्रहरी बल सुर्खेतमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) नदीमा वेपत्ता भएका छन्। असई भुपाल बिक्रम कार्की भेरी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

सशस्त्र प्रहरी बल सुर्खेतमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) नदीमा वेपत्ता भएका छन्। असई भुपाल बिक्रम कार्की भेरी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्।

शुक्रबार गुर्भाकोट नगरपालिका मेहलकुना सिटि हलमा रहेको क्वारेन्टाइनमा डिउटीमा खटिएका कार्की दिउँसो भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएको सशस्त्र प्रहरी उपरीक्षक दिल बहादुर पन्तले जानकारी दिए। गुमी बेस क्याम्पमा रहेका कार्की मेहलकुना सिटिहलमा निर्मित क्वारेन्टाइनमा खटिएका थिए ।

बेपत्ता सशस्त्र प्रहरी सहायक निरीक्षक कार्कीको खोजी कार्यका लागि जिल्लाबाट सशस्त्र प्रहरीको टोली, शम्शेरगज नेपालगन्जबाट आएको गोताखोरको टोली ,नेपाल प्रहरीको टोली लागिपरेको सशस्त्र प्रहरी उपरीक्षक पन्तले बताए ।

 

प्रकाशित: Apr 24, 2020| 20:42 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।