बिहीबार, भदौ ४, २०८३

२५ दिनपछि दसगजामा छचल्किएको खुसी

तीन दिनसम्म नेपाल–भारत सीमा दसगजामा धर्ना बस्दा पनि नेपाल प्रवेश नपाएपछि रुँदै भारततर्फ फर्किएका अनिल खत्रीको अनुहारमा शुक्रबार २५ दिनपछि खुसीको बहार छायो। नेपाल प्रवेश गर्ने लाइनमा उभिएका गुल्मी नयाँ गाउँका खत्रीले भने, ‘आज त लास्टै खुसी लागेको छ ।’
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

तीन दिनसम्म नेपाल–भारत सीमा दसगजामा धर्ना बस्दा पनि नेपाल प्रवेश नपाएपछि रुँदै भारततर्फ फर्किएका अनिल खत्रीको अनुहारमा शुक्रबार २५ दिनपछि खुसीको बहार छायो। नेपाल प्रवेश गर्ने लाइनमा उभिएका गुल्मी नयाँ गाउँका खत्रीले भने, ‘आज त लास्टै खुसी लागेको छ ।’

खत्रीले दसगजाबाट फर्काइँदा कतै परिवारलाई भेट्नै नपाई उतै महामारीले लैजान्छ कि भन्ने डरले केही दिन सताएको पनि बताए । खत्री गाजियाबादबाट नेपाल आउने क्रममा लकडाउनका कारण नेपाल प्रवेश गर्न नपाई नौतवना क्वारेन्टाइनमा बसेका थिए ।

खत्रीसँगै २५ दिन क्वारेन्टाइन बसेका नेपालका १०१ जना शुक्रबार स्वदेश फर्किएका छन् । नौतनवाबाट भारतीय बसमा दसगजासम्म आएर नेपाल प्रवेश गरेका उनीहरुलाई सम्बन्धित जिल्लाले बस व्यवस्थापन गरेर जिल्ला पठाउने तयारी गरेको छ ।

खत्रीसँगै आएका अर्घाखाँची मालारानीका बुद्धबहादुर केसी पनि निकै खुसी देखिन्थे। उनले भने, ‘जीवनमा पहिलोपटक सरकारको प्रमुख नै हामीलाई लिन आउनुभएको छ । यो भन्दा हामीलाई के चाहियो ।’ उनी २२ वर्षदेखि गाजियाबादमा जागिर गर्दै आएका थिए।

उनीसहित मालारानीका बासिन्दालाई लिन शुक्रबार सीमामै गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य आएका थिए ।

भारतको विभिन्न ठाउँबाट एक हप्तासम्मको यात्रा गरेर आएका २ सय ९८ जना नेपालीहरु तीन दिनसम्म दसगजामा बसेका थिए। तर, नेपाल प्रवेश गर्न नपाएपछि उनीहरु चैत १३ गते नौतवना क्वारेन्टाइनमा गएर बसेका थिए । क्वारेन्टाइनमा राखिएका मध्ये एक जना दस दिने सुत्केरीसहित ८ जनालाई भने त्यतिबेला नै नेपाल ल्याइएको थियो

भारतको दिल्ली, गाजियाबाद, पुणे, बनारस, गोरखपुर, चण्ढीगढ, पन्जाब, कानपुर, राजस्थान, कलकत्तालगायत ठाउँमा काम गर्ने नेपालीहरु भारतमा लकडाउन भएपछि पैदल हिँड्दै आउँदा एक ठाउँको प्रहरीले अर्को ठाउँसम्म गर्दै सुनौलीसम्म ल्याइदिएको थियो।

शुक्रबार उनीहरुलाई प्रदेश सभा सदस्य सन्तोष पाण्डे, सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारी, अर्घाखाँची मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचर्य लगायतले दसगजामा स्वागत गरेका थिए ।

नौतनवाको तीन वटा क्वारेन्टाइनमा राखिएका नेपालीमध्ये नौतनवा इन्टर कलेजका नेपाल आएका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार शुक्रबार र शनिबार गरेर २ सय ९८ जनाले नेपाल प्रवेश पाउने अनुमति पाएका छन् । आज आउनेहरु पहिलो चरणमा क्वारेन्टाइन बसेका हुन् । बाँकी केहि दिनमै आउने पनि पन्थले बताए।

शुक्रबार नेपाल प्रवेश गरेका मध्ये अर्घाखाँचीका ४२ जना, गुल्मीका ३० जना, पाल्पाका ५ जना, रुपन्देहीका ५ जना, तनहुँका ७ जना, कपिलवस्तुका २ जना, धादिङका २ जना, बाग्लुङका ४ जना, स्यांग्जाका एकजना, जाजरकोटका एकजना, खोटाङका एकजना, मोरङका एकजना छन्।

उनीहरुलाई सम्बन्धित गाउँपालिकामा पठाइनेछ र गाउँपालिकाले उनीहरुलाई क्वारेन्टाइनमा राख्नेछ ।

प्रकाशित: Apr 24, 2020| 20:14 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।