बिहीबार, भदौ ४, २०८३

कोरोना पुष्टि भएपछि हतुवागढी गाउँपालिका सिल

कोभिड–१९ सङ्क्रमित फेला परेपछि हतुवागढी गाउँपालिका ‘सिल’ गरिएको छ ।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

कोरोना पुष्टि भएपछि हतुवागढी गाउँपालिका सिल

गत फागुन ३० गते साउदी अरबबाट आएका वडा नं ६ होम्ताङका २६ वर्षीय युवकको कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्य स्थानमा सङ्क्रमण फैलिन नदिन गाउँपालिका प्रवेश गर्न र गाउँपालिकाबाट बाहिर जान पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ जिल्ला कमाण्ड पोष्टको बैठकले धनकुटा, उदयपुर, खोटाङ र सङ्खुवासभाबाट जिल्लामा प्रवेश गर्ने सबै नाकामा थप कडाइका लागि सुरक्षाकर्मी परिचालन गर्ने निर्णयसमेत गरेको छ । उनको यात्रा विवरण विषयको आधारमा थप परीक्षण गर्न आवश्यक स्वास्थ्य सामग्रीसहित चिकित्सकको टोली पठाउन प्रदेश नं १ सरकारसँग अनुरोध गर्ने निर्णय भएको प्रजिअ पुरीले बताए।

युवकका परिवारका दुईसहित अन्य तीन जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ । अहिले उनको सङ्गतमा रहेका २० जनाको पिसिआर गर्ने तयारी भइरहेको गाँउपालिकाका प्रवक्ता कुमार विष्टले जानकारी दिए । त्यसका लागि स्वास्थ्य कार्यालयबाट चिकित्सकको टोली आउने तयारीमा रहेको विष्टले बताए। ती युवकलाई आज नै कोशी अस्पताल विराटनगर लैजाने जनाइएको छ ।
रासस

प्रकाशित: Apr 24, 2020| 19:26 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।